काठमाडौं, असार १८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ ।
यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले हतारमा संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको यस अधिवेशनले नागरिकता, निजामती सम्बन्धी विधेयक र एमसीसी सम्झौताबारे निर्णय गर्नुपर्ने भएपनि बैठक हठात् अन्त्य गरिएको हो । नेकपा भित्र देखिएको बिबादका कारण अध्यक्ष तथा प्रधानमन्त्रि ओलि पार्टीको निर्णयबाट असन्तुष्ट रहेका छन । यता एमसीसी संसदबाट पास हुने स्थिति नबन्नु र पार्टी पंतीबाट नै आफ्नो राजिनामा मागेपछी रुष्ट बनेका प्रधानमन्त्रिले एकाएक संसद अधिबेशन अन्त्य गरेको हो । त्यसोत एमसीसी पारित गर्न नदिन नेकपाकै ओलीविरोधी नेताहरु लागिपरेका थिए ।
संसद सचिवालयलाई राष्ट्रपति कार्यालयको पत्र