नेकपाका अध्यक्ष प्रचण्डद्धारा खुमलटारमा पार्टी भित्रका ओलि खेमाका नेताहरुसँग छुट्टै छलफल जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1210 पटक हेरिएको

काठमाडौं, असार १८ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रका बिबाद सतहमा आएपछि बिभिन्न चरणमा दुई अध्यक्षहरुले दुई छुट्टाछुट्टै छलफल गरिरहेका छन । सोही क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग पनि आज बिहानबाट छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ । अध्यक्ष प्रचण्डले हिजो नकपाका शीर्ष नेताहरु सहित स्थायी कमिटिका ३० जना सदस्यहरुसँग छलफल गरी पार्टीको निति निर्देशन र निर्णयलाई पार्टीका सम्र्पुण नेता तथा कार्याकर्ताले पालना गर्नुपर्ने निचोड निकाल्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रिलृ पनि पार्टीको बिधि र पद्धति मान्न् पर्ने निर्णय गरेका थिए ।

छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् । यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार