बाहिर जिल्लाबाट काठमांडौ उपत्यका आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टिन बस्न गृहको निर्देशन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1407 पटक हेरिएको

काठमाडौं, असार ०९ ।   

उपत्यका बाहिर कोरोना भाईरस (कोभिड-१९) संक्रमण तिव्र रूपमा फैलिए संगै उपत्यका छिर्ने नागरिकहरू माथि कडा नियम लागु गर्दै १४ दिन अनिवार्य होम क्वारिन्टिन बस्नु पर्ने आदेश जारी गरेको छ ।  मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार