जापान, असार ५ ।
फुकुओका नेपाल सोसाईटिको २६ औँ अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट जापानको फ़ुकुओकामा रहेको नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था फ़ुकुओका नेपाल सोसाईटीको अध्यक्षमा तनहुँका माधव सिग्देल निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न भएको फुनेसोको २६ औँ अधिबेशनमा राष्ट्रिय सभाका अध्यक्ष माननीय गणेश तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । फुकुओका नेपाल सोसाइटीको आज सम्पन्न भएको २६ औं अधिवेशनबाट सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ललिता तामाङ, उपाध्यक्ष रबि बस्नेत, उपाध्यक्ष सुजन केसी, उपाध्यक्ष इन्द्रप्रसाद घले, सचिव अशोक सेढाईं, सहसचिव दिप विक, कोषाध्यक्ष प्रेमराज दाहाल, सहकोषाध्यक्ष कृष्णराज भट्ट, प्रवक्ता दिलेन्द्र जोशी र सदस्यहरुमा मुक्तिनाथ ढकाल, भुवन कृष्ण घिमिरे चयन भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शिव शर्माको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको थियो । निर्वाचन कमिटीका सदस्यरुमा लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, छत्र दाहाल, नविन अधिकारी र पुरुषोत्तम सिग्देल रहेका थिए ।
अधिवेशनमा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना प्रमुख अथिति, विशिष्ठ अथिति गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण निवर्तमानमन्त्री विकास लम्साल, विशिष्ठ अथिति Professor Executive Director, Center for International Relations,Trivuwan University का Dr.KHADGA K.C. तथा एनआरएनए आईसिसिका निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाकार कुल आचार्य, नेपाल सरकारका सहसचिव एवम् हाल विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्री, जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।