एनआरएनए कान्साईको ८ औँ अधिबेशन सम्पन्न, संयोजकमा दिलिप शर्मा सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  580 पटक हेरिएको

जापान, जेठ २८ । 

गैर आवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति कान्साईको हिजो भएको ८ औँ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । हिजो भएको ८ औ अधिबेशनबाट दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने भनि निर्वाचन कमिटि कान्साईद्धारा प्रकाशित अन्तिम नामावलीमा उल्लेख गरिए पनि अधिबेशनको अन्तिम घडीमा आएर संयोजकका प्रत्यासी नर बहादुर थापा उप संयोजकमा बस्न तयार भए पछि संयोजकमा दिलिप शर्मा सर्वसम्मत भएका हुन भने उपसंयोजकका तिन प्रत्यासीले आफ्नो नाम फिर्ता लिएको थियो ।

सो सँगै कान्साई क्षेत्रिय कार्यसमिति पनि सर्वसम्मत चयन हुन सफल भएको हो । सर्वसम्मत निर्वाचित कमिटिका संयोजक निवर्तमान कार्यसमितिको उपसंयोजकको भुमिका थिए भने अर्का प्रत्यासी नर बहादुर थापा मानार्थ सदस्यमा रहि २०१९–२०२१ कार्यकाल सम्पन्न गरेका थिए । हिजो सम्पन्न अधिबेशनबाट कार्यसमितिको संयोजकमा दिलिप शर्मा निर्विरोध भएका छन भने उपसंयोजकमा दिल्ली प्रसाद सापकोटा, नर बहादुर थापा, महिला उपसंयोजकमा बिष्णु ढकाल, सचिबमा तेज प्रकाश गुरुङ्ग, सहसचिबमा लक्षमण गैरे र बिकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन । यस्तै कोषध्यक्षमा डेनिश पुन निर्वाचित भएका छन भने सहकोषाध्यक्षमा तिलक के.सी, सदस्यहरुमा शंकर भुषाल, सुजन जि.सी, टि.आर गौडेल, अशोक गुरुङ्ग, महिला सदस्यमा सिमला के.सी र सदस्य बिद्यार्थीमा संजय कार्की निर्बिंरोध निर्वाचित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार