पोखरा, जेठ २८ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुखले सरकारको नेतृत्व दाबि पेश गर्न २४ घण्टाको समय सिमा दिए पनि बिपक्षी गठबन्धनले ४ घण्टा भित्र बहुमत सांसदको हस्ताक्षर सहित हस्ताक्षर कर्ता स्वयमको उपस्थितिमा सरकारको नेतृत्वमा दाबि गरेको हो ।
शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन ।
प्रदेश प्रमुखले भने सबैको हस्ताक्षर लगायतका प्रक्रियागत अध्ययन गरी आबश्यक निर्णय लिने बताएका छन ।
दलहरुको पत्र तथा हस्ताक्षर सहित मुख्यमन्त्रिमा दाबि पेश