सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा हानियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1035 पटक हेरिएको

काठमाडौं, जेठ २९ ।   

सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारा पनि लगाएका छन् । लकडाउन भनिए पनि हजारौ प्रदर्शनकारीले त्यसको प्रवाह नगरी आन्दोलन गरेका हुन् । यस अघि मंगलबार पनि बालुवाटार अगाडी प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पानीको फोहरा हानेको थियो ।

प्रदर्शनका थप फोटोहरू 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार