ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा लिप्त रहेको देउवाको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  544 पटक हेरिएको

काठमाण्डौँ, जेठ १३ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्। आज नेपाली काग्रेसका सभापति देउवाले एक विज्ञप्ति निकाल्दै सो कुराको उल्लेख गरेका हुन्।

‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’ उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराउदै भनेका छन्।

उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन्। हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुनः ध्यानाकर्षण गराएका छन्। सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुनु पर्नेमा संबिधान ध्वस्त पार्न तल्लिन रहेको पनि जिकिर गरेको छ । जनता कोमिड भ्याक्सिन लगाउन, अक्सिजन नपाएर अकालमा ज्यान बिताउन बाध्य भईरहेको अबस्थामा सरकार संबिधान बिपरित सत्तामा टिकिरहन असंबैधानिक बाटोबाट हिडिरहेको पनि जनाएको छ ।

नेपाली काग्रेसका सभापति देउवाद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार