संसद भंग गरी मध्यावती निर्वाचनमा जाने मन्त्रिपरिषदको निर्णय, कार्तिक २६ र मंसिर ३ गते तोक्न सिफारिस

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1199 पटक हेरिएको

काठमाडौं, जेठ ७ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्रि पदका लागि उम्मेद्वारी दिएका दुबै माननीयको दाबी नपुगेकोले प्रधानमन्त्रि नियुक्त गर्न नसक्ने निर्णय गरेसंगै आकस्मिक रूपमा मध्यराति बसेको मन्त्रिपरिषदको बैठकले पुन:संसद भंग गर्दै निर्वाचन घोषणा गरेको छ । सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको हो ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको एक मन्त्रीले बताए । उनका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार