समयसिमा अगाबै नयाँ सरकार गठन गरी राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गर्न सांसद गगन थापाको अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  564 पटक हेरिएको

काठमाडौं, जेठ ७ ।  

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसदमा बिश्वासको मत नलिने बताएसँगै नयाँ सरकारको लागि राष्ट्रपतिद्धारा आह्वान गरिएको थियो । प्रधानमन्त्रि ओलिले राजिनामा नदिएको अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु नै गैरसंबैधानिक रहेको समेत बताएका छन ।

उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् । सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम (प्रधानमन्त्री)ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप ९राष्ट्रपति०लाई बिदा गरौं ।

प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार