लम्जुङ्ग केन्द्र बनाई ५.८ रेक्टरस्केलको भुकम्प, मानवीय क्षतिको बिबरण आउन बाँकी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  632 पटक हेरिएको

लम्जुङ्ग, जेठ ५ ।  

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५।८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।

उनका अनुसार भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको थियो। पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि त्यसबाट मानवीय क्षति भए नभएको खबर भने नआएको गुरुङले जानकारी दिए ।

‘अहिले हामी पनि विवरण संकलन गर्दैछौं ।’ उनले संचारमाध्यमसँग भने ‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्‍यायो कि पुर्‍याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार