काठमाडौं, जेठ ४ ।
उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवीले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् । स्वास्थ्य कर्मीलाई दुब्र्यबहार गरेको भिडियो सामाजिक संजालमा ब्यापक भाईरल र निज ब्यक्तिले कोरोना भाईरसको महामारीमा फ्रन्ट लाईन बसेर काम गर्ने स्वास्थ्य कर्मीको मनोबल गिराउने काम गरेको भन्दै सामाजिक संजालमा ब्यापक बिरोध समेत भएको थियो ।
तिब्र बिरोध पछि काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले संचारमाध्यमलाई जानकारी गारएको छ । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।
उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेको थियो । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयम्सवेक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए । पक्राउ परेका कार्कीले भने आफूले गलत नियतले उक्त कार्य नगरेको दाबी गरेका छन् । साथै, घटनामा उनी मात्र नभइ, अन्य व्यक्तिको पनि संलग्नता खुलाएका छन् ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल नागरिकका अधिकार र कर्तव्यका सीमा हुने बताउँदै त्यसभन्दा बाहिर गएर अनाधिकृत कार्य गर्नेलाई कारबाही गरिने बताएका छन् ।