काठमाडौं, वैशाख ३० ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ ।
कांग्रेस, माओवादी केन्द्र र सिंगो जसपा एकठाउँमा उभिएको भए संसदमा एमालेबाहेकका दलको बहुमत पुग्नसक्थ्यो । तर जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा देखिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार बिहान भएको भेटमा पनि ठाकुर र महतोले साथ दिन नसक्ने बताए ।
कांग्रेस माओबादीलाई आस थियो केबल माधव कुमार नेपाल पक्षको अन्तमा नेकपा एमालेका अध्यक्ष र नेपालबिच भएको ४ घण्टाको संवादपछी तत्काल राजिनामा नदिने र २०७५ जेठ २ को अबस्थामा फ़र्कन कार्यदल निर्माण गर्ने सहमति भएसंगै नेपाल समुहको राजिनामा तत्काललाई टरेको हो । नेपाल समुहको राजिनामा नआउने र जसपा महन्त ठाकुर समुहले पनि साथ नदिने भएपछी बिपक्षि दलको सरकार गठनको बाटो बन्द भएको हो ।