कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  151 पटक हेरिएको

काठमाण्डौँ, बैशाख ९ । 

हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छिधुर्बे) यतिबेला गायकको रुपमा देखिएका छन । हास्यकलाकार मरिचमान श्रेष्ठद्वारा स्वरबद्द गरिएको “निर्मोही याद आउँछ जात्रै मिठो माया भयो सम्झना मात्र” बोलको आधुनिक गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अघि मात्र “ओएसआर डिजिटल” अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको “निर्मोही याद आउँछ जात्रै मिठो माया भयो सम्झना मात्र” गीतको रचनाकार भने राजु सनमले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै “निर्मोही याद आउँछ जात्रै मिठो माया भयो सम्झना मात्र” गीतमा चर्चित हास्यकलाकार समेत रहेका गितका गायक मरिचमान श्रेष्ठले गितको मर्म र भाव बमोजिम भिडियो पनि छायाङ्कन गरिएको जानकारी गराएका थिए ।

उक्त गीतमा चर्चित हास्य कलाकार तथा गीतका गायक समेत रहेका मरिचमान श्रेष्ठ बल्छिधुर्बे र नायिका पुजन घिमिरेको मुख्य अभिनय रहेको छ । हास्य कलाकार तथा गायक समेत रहेकी मरिचमान श्रेष्ठ बल्चिधुर्बेको भने नेपाली सांगितिक क्षेत्रमा गायकको रुपमा भने नयाँ भए पनि हास्य टेलिसिरियलमा भने एक सफल हास्यकलाकार, लेखक तथा निर्देशकको रुपमा समेत स्थापित भईसकेका ब्यक्ति हुन । उक्त गितको भिडियो डाईरेक्सन भने दिपेन्द्र तिमल्सिनाले गरेका हुन भने क्यामराम्यानको भुमिकामा नवराज उप्रेती, राजीब बस्नेत अष्ट्रेलिया, दिपेस उप्रेती र नबिन उप्रेती रहेका छन् । उक्त गितको अभिनित कलाकारहरुको नृत्य निर्देशकको रुपमा भने नबराज रिजालले गरेको जनाएको छ ।

ओएसआर डिजिटल अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको “निर्मोही याद आउँछ जात्रै मिठो माया भयो सम्झना मात्र” गीतमा नेपालको मनोरम पर्यटकीय क्षेत्र हनुमानढोका क्षेत्र लगायतका क्षेत्रमा छायाङ्कन गरिएको उक्त गितमा कल्पना डुबेका एक प्रेमीले आफ्ना प्रेमिकालाई कल्पना गरिरहेको देखाउन खोजिएको छ, माया प्रेममा परेर छुट्दा मायालुको सम्झनाले सताएको जस्ता बिषयलाई कल्पना गरि भिडियोमा उतार्ने प्रयास गरिएको गायक मरिचमान श्रेष्ठले जानकारी गराउनु भयो । नेपाली समाजमा पछिल्लो समय अध्ययनको लागि अष्ट्रेलिया अमेरिका जापान लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्न जाने युवा युवतीको जमात बढ्दो छ , उनै जमातमा रहेका प्रेमी, प्रेमीकाको माया पिरती र बिछोड र बिछोड पछिको सम्झना, यादहरुले दैनिक जीवन जिउन समेत गाह्रो भएको देख्न सकिन्छ । उक्त गितको म्युजिक भिडियाको छायाङ्कन भने नेपालको पर्यटकीय क्षेत्र हनुमानढोका क्षेत्र र अष्ट्रेलियामा गरिएको हो । अष्ट्रेलिया कार्यक्रममा गएका हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छिधुर्बेले सोही क्रममा अष्ट्रेलियामा नै उक्त गितको भिडियो पनि छायाङ्कन गरिएको बताएका हुन । उनै हास्यकलाकार तथा गायक मरिचमान श्रेष्ठ र कलाकार मोडल पुजन घिमिरेको अभिनय रहेको गितको भिडियो तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनु होला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार