काठमाडौं, बैशाख ५ ।
नेपालमा पहिलो पटक एक चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । एक महिलाको र्यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई बिहिबार क्वारेन्टाइनमा राखिएको हो ।बुधबार भएको उनको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।
इटलीबाट आएकी ३१ वर्षीया ती महिलाले आफ्नो बिबरण ढाँटेकी थिइन । उन्ले बिबरणमा आफू ईटालीबाट आएको उल्लेख गरिदिएकी भए टेष्टमा संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीले पुरै साबधानी अपनाउने थिए । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्ट ‘आरडीटी’ विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।
जचाउन आउँदा उनले आफू २२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको बताएकी थिइन । उनी बिदेशबाट आएको स्थानीय तहको रेकर्डमा नभएको बताइएको छ । स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर धेरैले नगरेको पाइएको छ । अहिले र्यापिड टेष्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।
चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको समेत पाइएको छ । निजको स्वास्थ्य परीक्षणमा खटीएका स्वास्थ्यकर्मीमा समेत कोरोना एन्टिबढी पोजेटिभ देखिएको ईआर्थिक अनलाईन पत्रिकाले प्रकासित गरेको छ । पछिल्लो समय बिदेशबाट आएका अधिकाम्स नागरिकमा एन्टिबढि पोजेटिभ देखिएको छ । यदि समयःब् नै यसप्रति सचेत बनेन भने यसले बिकराल अबस्था लिन सक्ने निश्चित छ ।