काठमाण्डौँ, चैत २९ ।
चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका २१२ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर २१२ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट शनिबार बिहानसम्म १६ लाख ९७ हजार ५ सय ३३ जना (१६,९७,५३३) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ६ सय ८७ जना पुगेको छ ।
इटलीमा कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तिव्र रहेको छ । शनिबार बिहान ७ बजेसम्मको तथ्याङ्क अनुसार इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४९ जना पुगेको छ भने संक्रमितको संख्या १ लाख ४७ हजार ५ सय ७७ पुगेको छ । हालसम्म ३० हजार ४ सय ५५ जना निको भई घर फर्किएको छ ।
अमेरिकामा कोरोना भाईरस संक्रमण र मृत्यु हुनेको संख्या झन बढ्दै :
अमेरिकामा कोरोना भाईरस संक्रमण र मृत्यु हुनेको संख्या झन बढ्दै गएको छ । अमेरिकामा हिजो मात्र २ हजार भन्दा बढिको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको छ । अमेरिकामा आज बिहानसम्म कुल १८ हजार ७ सय १९ जनाको निधन भईसकेको छ । यो क्रम अमेरिकामा झन तिब्र बन्दै गएको छ । हालसम्म अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या ५ लाख २ हजार ४९ जना पुगिसकेको छ । यो संख्या हिजोको तुलनामा ५५ हजारले बढेको हो । अमेरिकामा हालसम्म २७ हजार २ सय ३९ जना निको भई घर फर्किएका छन । अमेरिकाको न्युयोर्क सिटिको स्थिति भयाबह बनेको छ । अमेरिकामा संक्रमण तिब्र रुपमा फैलदा पनि हालसम्म अमेरिका सरकारले लकडाउन घोषणा गरेको छैन ।
ईटलीको स्थिति झन भयाबह :
ईटलीको स्थिति झन भयाबह नै रहेको छ । तर पछिल्ला दिनहरुमा ईटलीमा कोरोना भाईरसबाट मर्नेको संख्यामा भने कमि आएको छ । हिजोको तुलनामा ईटलीमा मृत्युदर घटेको छ । हिजो देखि आज बिहानसम्म ईटलीमा ७ सय जनाको हाराहारीमा संक्रमितको निधन भएको छ । यो संख्या पहिलेको तुलनामा कम हो । हालसम्म ईटलीमा कुल सक्रमितको संख्या १ लाख ४७ हजार ५ सय ७७ जना पुगेको छ भने कुल मर्नेको संख्या १८ हजार ८ सय ४९ जना पुगेको छ । हालसम्म कोरोना संक्रमित मध्ये ३० हजार ४ सय ५५ जना निको भई आफ्नो घर फर्किएको छ ।
नेपालमा भने हालसम्म ३ हजार ५ सय २५ जनाको कोरोना परिक्षण गरिएकोमा हालसम्म ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १ जना निको भई घर फर्किसकेको अबस्था छ, अन्यको भने उपचार भईरहेको छ । नेपालको छिमेकी देश भारतमा पनि पछिल्लो समय कोरोना संक्रमणको संख्यामा बृद्धि भएको छ । भारतमा हालसम्म ७ हजार ५ सय ९८ जना संक््रमित पुष्टि भएका छन भने,२ सय ४६ जनाको निधन भईसकेको छ । हालसम्म भारतमा संक्रमितहरु मध्ये ७ सय ७४ जना निको भई घर फर्किएका छन । यससँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४९ जना पुगेको छ ।