काठमाडौं, चैत २८ ।
कोरोनाको त्रासका कारण जनता लकडाउनमा रहेको अबस्थामा देशको प्रमुख शहरहरूमा ख़ाध्यसंकट देखिन थालेको छ । यही लकडाउनलाई नेपाली केही व्यापारीहरूले कमाईखाने भाडोको रूपमा लिदै व्यापक कालोबजारी गर्दै आएको छ । सरकारले दुई दिनका बीचमा खसीको मासुमा कालोबजारी गर्ने दुई वटा मासु पसललाई २-२ लाख जरिवाना गरेको छ । यसैगरी बढी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने स्टोरहरु पनि कारवाहीमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले शुक्रबार नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । यसअघि बुधबार पनि विभागले बत्तीपुलतलीको मुस्कान मिट सपलाई २ लाख जरिवाना तिराइएको हो । विभागले बजार अनुगमन गर्दा आईकालुले खसीको मासु १८ सय रुपैयाँ प्रतिकिलोमा विक्री गरिरहेको भेटाएको थियो ।
पछिल्लो दिनमा बाहिरबाट खसी नआएको बाहाना बनाएर मासुमा चर्को कालोबजारी भइरहेको छ । यसैगरी आजै कलंकीमा अवस्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा खाद्यान्न बचेको भेटिएपछि २ लाख जरिवाना गरिएको छ । बाफलस्थित न्यूबीके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याक गरेर बेचेको पाइएपछि ३ लाख जरिवाना गराइएको छ ।