
अमेरिका, चैत २८ ।

बिश्व नोबेल कोरोना भाईरस (कोभिड-१९)को महामारी चपेटामा परेको छ । यसमा पनि अमेरिका सबै भन्दा बढी प्रभाबित रहेको छ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांक अनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ८ सय ८७ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो।
त्यस्तै बिहीबार फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ८सय संक्रमित थपिएका छन्। फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ। इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ। विश्वका २ सय १२ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७ सय ३६ पुगको छ। वर्ल्डोमिटरका अनुसार हिजो मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्। विश्वभर संक्रमितको संख्या १६ लाख नघेको छ। त्यस्तै ३ लाख ५६ हजार ६ सय ७१ जना उपचारपछि निको भई घर फर्किएका छन्।
अमेरिकामा कोरोना भाईरसको संक्रमण बढेसंगै गैर आबासित नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाले बिभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छन । अमेरिकामा रहेका नेपाली बिध्यार्थीहरूलाई मध्यनजर गर्दै बिभिन्न सहायता टिम बनाईकाम गरीरहेका छन । अमेरिकामा हालसम्म कोरोना भाईरसका कारण ३ जना नेपालीको ज्यान गईसकेको अबस्था छ । यसलाई मध्यनजर गर्दै कोभिड-१९ मेडीकल टिम पनि गठन गरी काम शुरू गरेका छन । अमेरिका स्थित रही स्वास्थ्यसेवामा कार्यरत डाक्टरहरुको संलग्नतामा गठित समितिले नेपाली समुदायमा आइपर्ने स्वास्थ्यसमस्याको निराकरणको लागी सहयोग गर्ने एनआरएनए अमेरिकाले जनाएको छ ।
तपाईलाई अमेरिकामा केहीसमस्या परेमा तलको नम्बरमा सम्पर्क गर्नुहोला ।

तपाईलाई स्वास्थ्य सम्बन्धि समस्या देखिएमा एनआरएनएको हटलाईनमा सम्पर्क गर्नुहोला ।

