कोरोना फैलिने डरले सुधारगृहका १७४ बालबालिका अभिभावकको जमानीमा रिहा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  872 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत २१ ।

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिकालाई रिहा गरिएको छ । देशभरका ८ स्थानमा रहेका सुधारगृहमा रहेका उनीहरुलाई अभिभावकको जमानीमा रिहा गरिएको हो । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार सुधार गृहका रहेका बालबालिका अभिभावकले अदालतमा निवदेन दिएको र आवश्यक परेको बेला उपस्थित गराउने सर्तमा उनीहरुलाई रिहा गरिएको हो ।

१९ गतेसम्म १७४ जना बालबालिका रिहा भए पनि लकडाउनका कारण सबै सूचना संकलनमा कठिनाई भएको उनले बताए । यस्तै सर्वोच्चको आदेशअनुसार १ वर्षभन्दा कम सजाय बाँकी रहेका अन्य ११२ जना समेत विभिन्न कारागारबाट रिहा भएका छन् ।

सापकोटाले भने,“सरकारी वकिलमार्फत अदालतमा निवेदन दिएपछि अदालतले जे आदेश दिन्छ त्यही हामीले मान्ने हो । जेष्ठ नागरिकको विवरण संकलन गरिरहेका छौं तर उनीहरुको हकमा कुनै निर्णय भइसकेको छैन ।” कारगारमा पछिल्लो समय भेटघाटमा समेत कडाइ गरिएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार