कोरोनाको कहर; नेपालमा थप ८ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  872 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत १६ ।

सरकारले पुनः ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। चैत १६ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। नेपालमा कोरोना संक्रमणका नया संक्रमित थपीएपछी त्रासमा रहेका नेपाली र कोरोना संक्रमणको तीव्रतालाई ध्यानमा राख्दै लक डाउनको समयसीमा थप गर्ने निर्णय गरेको हो ।


आइतबार दिउँसो बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी ७ देखि १४ दिनसम्म लकडाउनको समायावधी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरीएको थियो।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम नसकीएको र यसको जोखिम अझ उच्च रहेको भन्दै गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेदेखि सम्म लकडाउन गरेको छ। मन्त्रीपरिषद्को निर्णय अनुसार अब चैत २६ गते बिहान ६ बजेसम्म लकडाउन हुनेछ। कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार