कोरोनाको त्रास; अन्तराष्ट्रिय उडान बैशाख ३ गतेसम्म स्थगित गर्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  586 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत १६ ।

कोरोना भाईरस नियंत्रण तथा रोकथामको लागि गठित उच्च स्तरीय समितिको आज बसेको बैठकबाट सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।


कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । नेपालमा बिदेशबाट आउने नेपालीहरूमा कोरोना संक्रमण देखिएकोले त्यसको जोखिम कम गर्न अन्तराष्ट्रिय उड़ान बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार