काठमाडौं, चैत १५ ।
कोरोना महामारीका बिच रङहरुको पर्व फागुपूर्णिमा ९होली० आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भोलि सोमबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन् ।
यसमा युवाको संख्या उल्लेख्य छ । युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् । काठमाडौंको बसन्तपुर क्षेत्र होली मनाउनेहरु भेला हुने मुख्य क्षेत्र हो । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग मात्र होली मनाउन आग्रह गरेको थियो ।
तर सरकारी आग्रह र कोरोना महामारी फैलिने सम्भावनालाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरु होली खेल्न बसन्तपुर पुगेका थिए। यद्यपि बसन्तपुरमा होली खेल्नेको संख्या विगतका वर्षहरुमा भन्दा कम नै हो ।
फोटोमा होलि उत्सब