काठमाण्डौँ, चैत्र १० ।

गायिका आस्था राउतले ऊर्जामन्त्री दीपक खड्कालाई राम्रो गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिदै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेकी छन्।
राम्रो काम गर्न नसके नराम्रो पनि नगर्नुस्, नत्र जीवनभर छि-छि र दुर-दुर भन्दा तपाईंले पाउने केही हैन। तपाईं मात्र हैन, तपाईंका छोराछोरीले पनि त्यही सुन्नुपर्छ। अर्काको राम्रो कामको वाहवाहीले जल्नेहरू आफू पनि मन जित्ने काम गर्नुस्, न अनि हामी वाहवाही गरिहाल्छौँ नि, उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।
उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राम्रो काम गरेर जनताको मनमा राम्रो छाप पारेको र ऊर्जामन्त्री खड्काले त्यसैमा रिस गरेको उल्लेख गरेकी छन्। तपाईं पनि मन जित्ने काम गर्नुस् न, तपाईंको पनि जय जय गरौँला मन्त्रीज्यू। तर, तपाईंको नाम सुन्दै रिस उठ्ने व्यवहार बन्द गर्नुस्।
मन्त्री खड्का र कुलमान घिसिङबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन। मन्त्री खड्का निर्देशक घिसिङलाई जसरी हटाउन चाहन्छन्। उनले घिसिङलाई पटक-पटक स्पष्टीकरणसमेत सोधिसकेका छन्।
यही सन्दर्भमा गायिका राउतले सामाजिक संजालमा यस्तो बताएकी हुन्। सरकार फेरिने बितिकै कयौँ पटक सरकारका नयाँ मन्त्रि बिशेषत एमाले र काग्रेस सरकारमा आएपछि कार्यकारी निर्देशक घिसिङ्गमाथि चौतर्फि दबाब सृजना गर्ने र काम गर्न नदिने परिपाटि बारम्बार हुदै आईरहेको थियो यसै सन्दर्भ र बारम्बारको स्पष्टिकरणले जनता समेत आक्रोशित भएको सजिलै बुझ्न सकिन्छ ।



341 पटक हेरिएको 

















