बीरगंजका व्यापारी रुगंटामा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  613 पटक हेरिएको

vision-online-advertise

भारत, चैत ९ ।

चीनको बुहानबाट फैलिएको कोभिड–१९ नोबेल कोरोना भाईरसको संक्रमण रहेको भनि संचालमाध्यममा आएको समाचारहरु र चारतको पटना राज्य स्थित रहेको अस्पतालमा भर्ना भएका नेपाली नागरिक बीरगन्जका ब्यबसायी शिबकुमार रुगंटामा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि गर्दै नीजको मेडिकल रिर्पोट समेत सार्वजनिक गरिएको छ ।


पटना मेडिकल कलेज तथा शिक्षण अस्पतालले आईतबार उनको परिवारलाई दिएको नमुना परिक्षणमा कोरोना भाईरस कोभिड–१९ नरहेको तथा नतिजा नेगेटिभ देखिएको हो । यस अघि उक्त अस्पतालका डाक्टरले ल्याबको रिपोट नआउदै लक्षणको आधारमा कोरोना संक्रमण रहेको भने पनि आधिकारीक ल्याबको रिपोर्ट पछि भने पुनः निजमा कोरोना संक्रमण नरहेको पुष्टि भएको हो ।

ल्याब रिपोर्ट कान्तिपुरबाट साभार

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार