
हेटाैँडा, फागुन २१ ।

मकवानपुरमा बस दुघर्टना हुँदा तीन जनाको ज्यान गएको छ ।
मकवानपुरगढीबाट हेटौँडाको लागि छुटेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार भइरहेको छ । घटनास्थलतर्फ एम्बुलेन्स पठाएको मकवानपुर प्रहरीले जनाएको छ ।
