नेपाल नोबेल कोरोना भाईरसको अति उच्च जोखिम राष्ट्रको सूचीमा पर्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  742 पटक हेरिएको

काठमाडौं, फागुन १६ ।

नेपाल कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा परेको छ । बिहिबार विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचीमा नेपाल काेराेना भाईरसको उच्च जोखिमा परेकाे हाे । विश्व स्वास्थ्य संगठनको बिहीबार बसेको बैठकले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा राखेको हो । यसअघि चीनलाई मात्र संगठनले उच्च जोखिम भएको  देशमा राखेको थियो । चीनको नजिकको छिमेकि देश समेत रहेको नेपालमा हालसम्म कोरोना भाईरसको प्रकोप लगभग शून्य जस्तै छ । तरपनि सीमानाका जोडीएको मित्रराष्ट्र समेत रहेको नेपालमा जुनसुकै समयमा कोरोनाको प्रकोप बढ़न सक्ने चेतावनी समेत बिश्व स्वास्थ्य संगठनले दिएको छ ।

संगठनले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकलाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ । नेपालमा हालसम्म एक जनामा बाहेक कसैमा पनि काेराेना भाईरस देखिएको छैन । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ । चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको  उल्लेख गरिएको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै, कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । हालसम्म ५२ देशले दक्षिण कोरियासंग आफ्नो हवाई सेवा समेत निषेध गरेको छ । दक्षिण कोरिया भएर आउने यात्रुलाई समेत आफ्नो देश प्रवेश निषेध समेत गरीसकेको छ ।

त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।

त्यस्तै, बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार