नेकपा नफुटेको र फुट्न जनताले नदिने महासचिब बिष्णु पौडेलको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  398 पटक हेरिएको

बुटवल, फागुन १ ।  

नेकपा ओली समुहले आज गरेको बुटवल जनसभामा नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् । ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय मानिसहरुलाई लाग्यो, नेकपा फुट्यो, फुट्दैछ । तर, आजको उपस्थितिले के पुष्टि गर्दैछ भने नेपाल कम्युनिष्ट पार्टी फुटेको छैन, स्वार्थी तत्वहरु चोइटिएका मात्र हुन् ।’

महासचिव पौडेलले भने, ‘फुट्न जनताले दिँदैनन् । केपी ओलीको पक्षमा जनमत छ भन्ने जनसभाहरुले पुष्टि गरिरहेका छन् ।’ केपी ओलीको नेतृत्वमा हामीले संविधान निर्माण गरेको बताउँदै पौडेलले संसारका संविधानसँग तुलना गर्दा नेपालको संविधान लोकतान्त्रिक र अग्रगामी रहेको बताए । उनले भने, ‘यो संविधान निर्माणको अगुवाई कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो ।’

प्रचण्ड माधव समूहले केपी ओलीलाई सरकारबाट अपदस्त गर्न खोजेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार