डिआईजी राजेन्द्रमान श्रेष्ठ कोमाबाटै सेवा निवृत्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  6102 पटक हेरिएको

काठमाडौं, माघ २९ ।

महानिरीक्षक सर्वेन्द्र खनाल संगै सेवा निबृत भएका नेपाल प्रहरीका डिआईजी राजेन्द्रमान श्रेष्ठलाई पनि बिदाई गरीएको छ । ३० वर्षे सेवा अवधि पुरा गरी सेवा निवृत भएका प्रहरी नायव महानिरीक्षक डिआइजी राजेन्द्रमान श्रेष्ठलाई बिदाई गरिएको हो। १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भई विगत तीन वर्ष यता कोमामा रहेका डिआइजी श्रेष्ठको अस्पतालबाटै प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बिदाइ गरेकी हुन्।

नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए ।

श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।

आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे । खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।

आइजीपी खनालका ब्याची श्रेष्ठ कोमामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त भएका हुन् । कोमामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी कोमाबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ कोमामै सेवानिवृत्त भएका हुन्  ।श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार