प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  835 पटक हेरिएको

काठमाण्डौ, माघ २८ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो  । 

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका प्रहरी महानिरीक्षकको पद सम्हाल्नेछ । उहाँसँगै  सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दावेदारका रूपमा देखिएका थिए । 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएसँगै ज्ञवाली नयाँ महानिरीक्षकमा नियुक्त भएका हुन। पूर्व आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका  डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएका छन् । 

अवकाश पाउनेमा डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का रहेका छन । यस्तै, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले पनि अवकाश पाएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार