एमसीसी संसदमा पेश गर्नुपर्ने एमाले अध्यक्ष ओलिको माग, रोक्ने अधिकार सभामुखलाई नभएको स्पष्टौती

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  329 पटक हेरिएको

काठमाडौं, माघ २८ ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् । ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।

यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए । ‘संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ उनले भने ।

अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भिर भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए । उनले सत्तारुढ गठबन्धनका नेताले फरक फरक धारणा राख्ने, एमसीसी र नेपाली नागरिकसँग फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना गरे ।

‘एमसीसीका अधिकारीसँग सेप्टेम्बरमा चार पाँच महिनाको समय दिए पास गर्छौं भनेर किटानी कुरा गर्छन् । यता पास गर्नै हुन्न भन्छन्’ ओलीले भने, ‘सत्ता गठबन्धनकै नेता एउटा पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ । अमेरिकासँग एक खाले, अरु देशसँग अर्कै खाले कुरा गर्छ, जनतासँग एउटा कुरा गर्छ, पार्टीसँग अर्कैखाले कुरा गर्छन् । यो अत्यन्तै गैर जिम्मेवार धोकापूर्ण र दुईजिब्रे व्यवहार देखाइएको छ  अध्यक्ष ओलिले भने । एमसीसीको स्वीकृत गर्ने सीमा यही फेब्रुअरी २८ तारिक दिईएको छ त्यसको लागि अमेरिकी बिदेश विभाग प्रमुखहरूले बारम्बार ताकेता गरीरहेको छ ।

यदि स्वीकृत नगरीएमा चीनको हस्तक्षेपको रूपमा लिने र त्यसले आगामी दिनमा नेपाललाई दिर्घकालीन असर पर्ने चेतावनी समेत दिएका छन । भित्री रूपमा नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि तयार रहेपनि बाहीर एमसीसीको बारेमा खुल्न सकेको छैन । जनता एमसीसीको पूर्ण बिरोधमा छ । सभामुख सापकोटा पनि यसको विपक्षमा छन । जनताले अन्तिम आस भने सभामुखलाई नै लिएको छ । सभामुख कै कारण हालसम्म एमसीसी संसदमा पेश नभएको हो । प्रधानमन्त्रि देउबा र नेकपा एमाले अध्यक्ष ओलि सभामुखलाई हटाएर भएपनि एमसीसी पास गर्ने पक्षमा छन । ऊता सत्तारूढ़ घटक समाजबादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल यसको बिपक्षमा छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार