आजको बिरोध प्रदर्शन स्थलको फोहोर बढार्दै नारायणकाजी श्रेष्ठ (तस्बिरहरू)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  517 पटक हेरिएको


काठमांडौ, माघ २८ । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्‍यो। उक्त प्रदर्शनका क्रममा: भृकुटीमण्डपस्थित सडकमा जम्मा भएको फोहोर उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सफाइ गरिएको छ।

झाडु लिएर श्रेष्ठ सडक बडारिरहेका थिए।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज उक्त समूहले प्रदर्शन गरेको थियो।

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थियो । ती प्रदर्शनहरु भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार