धादिङ, माघ २३ ।
नेकपा प्रचण्ड–माधब समुहले प्रदेश ३ स्थित धादिङ्ग जिल्ला सदरमुकाम धादिङ्गबेशीमा बिशाल जनसभाको आयोजना गरेको छ । प्रधानमन्त्रि के.पी शर्मा ओलिको असंबैधानिक कदमको बिरुद्ध हिजो बेलुकि मसाल जुलुस निकालेको नेकपा धादिङ्गले आज बिशाल जनप्रदर्शन सहित आमसभा गरेको हो । उक्त आमसभामा नेकपा केन्द्रिय स्थयी समिति सदस्य तथा पूर्व पर्यटन मन्त्रि योगेश भट्टराई, पूर्व शिक्षा मन्त्रि तथा नेकपा सचिब गंगालाल तुलाधार, पूर्व मन्त्रि कल्पना धमला, प्रदेश ३ का मन्त्रि शालिकग्राम कट्टेल लगायतका शिर्ष नेताहरुको उपस्थितमा उक्त बिशाल बिरोध प्रदर्शन गरेको हो ।
धादिङ्गका गाँउगाँउबाट नेकपाका नेता तथा कार्यकर्ताहरु धादिङ्गबेशी आएका थिए । उल्लेख्यमात्रा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा प्रधानमन्त्रि ओलिको असंबैधानिक कदम बिरुद्ध जनप्रदर्शन सहित आमसभाको आयोजना गरेको हो ।
उक्त बिरोध प्रदर्शनमा बोलदै पूर्व मन्त्रि योगेश भट्टराई प्रधानमन्त्रिले पहिले देखि नै पटक पटक प्रतिनिधि सभाको बिघट्न गर्ने प्रयास गरिरहेको तर त्यसलाई पार्टीले रोक्न नसकेको बताएका छन । लामो त्याग र बलिदानबाट प्राप्त परिवर्तन नेपालको संबिधानलाई च्यात्नु प्रधानमन्त्रिको संबिधानमाथिको कु भएको समेत बताएका हुन ।