१२ औं नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ मा हुने, फेष्टिबलको तयारी तिब्र

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  444 पटक हेरिएको

जापान, फेबुररी ५ ।

प्रत्येक बर्ष जस्तै यस बर्ष पनि नेपालीहरुको सक्रिय सहभागितामा फुकुओकामा नेपाल फेष्टिबल फुकुओका २०२५ हुने भएको छ । फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, नेपाल आदीवासी जनजाती महासँघ क्युस्यु क्षेत्रिय कार्यसमिति, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लबका प्रमुख आयोजना र फुकुओकामा अपस्थित बिभिन्न अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ तारीकका दिन फुकुओकाको तेन्जीन सेन्ट्रल पार्कमा आयोजना गर्नका लागी फुकुओका नेपाल सोसाइटीका अध्यक्ष इन्द्र प्रसाद घलेको संयोजकत्वमा फेस्टिवल आयोजक समिति गठन गरिएको छ ।

नेपालको कला संस्कृति, भेषभुषा, पहिचान, पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथसाथै नेपाल, जापान र जापानमा रहेका अन्य देशका नागरीकहरुलाई नेपालसँग जोडनका लागी यस फेस्टिवलले महत्वपुर्ण भुमिका निर्वाह गर्दैै आइरहेको र अवको फेस्टिवलमा ती कुराहरुलाई अझै प्रभावकारी वनाउनका लागी तयारी गरेर भव्यताका साथ फेस्टिवल आयोजना गर्ने योजना रहेको फेस्टिवल संयोजक इन्द्र प्रसाद घलले बताउनु भयो ।

उक्त २ दिने फेस्टिवलमा नेपाली, जापानीज र अन्य देशका नागरीक गरी करीब १५,००० जनाले अवलोकन गर्ने अनुमान सहित आवश्यक तयारीका साथ अगाडी बढने योजना रहेको छ । साथै फेस्टिवलमा नेपालको पहिचानको रुपमा रहेका पर्यटकिय स्थलको विस्तृत जानकारी, नेपाली खानाका स्टलहरु र जापानिज निकायका विभीन्न जानकारी मुलक स्टलहरु पनि रहने कुरा फेस्टिवल सचिब उज्ज्वल बानियाँले जानकारी दिनुभयो ।

साथै फेस्टिवल भव्यताका साथ सम्पन्न गर्नका लागी अन्य विभिन्न बिभागहरु गठन गरिएको छ । फेष्टिबललाई सफल बनाउनको लागि स्टेज ब्यबस्थापन बिभाग, स्टल ब्यबस्थापन बिभाग, सुचना तथा संचार बिभाग लगायतका गरी कम्तीमा पनि १२ बिभागहरुको गठन गरिएको छ । फेस्टीबल २०११ सालमा बैसाखे मेलाको नामबाट सुरुवात भै हाल सम्म आउदा १२ औ संस्करण आइपुगेको र नेपाल र जापान जोड्नमा महत्वपुण भुमिका खेलेको छ र आगामी दिनमा पनि यो अझै प्रभावकारी रुपमा अगाडी बढने विश्वास राखेको कुरा फेस्टीबल संस्थापक संयोजक फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनु भयो ।

नेपाल फेष्टिबल फुकुओकालाई थप ब्यबस्थित बनाउनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारीको नेतृत्वमा फेष्टिबल संरक्षण समिति २०२५ पनि गठन गरिएको छ । नेपाल फेष्टिबल फुकुओका २०२५ सफल बनाउनको लागि फुकुओका रहेका बिभिन्न संघसंस्थाका अध्यक्ष तथा अग्रज र पूर्व संयोजकहरुको सहभागितामा संरक्षण समिति गठन गरिएको संरक्षण समितिका सदस्य सचिब सन्तमान शाक्यले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । यस्तै नेपाल फेष्टिबल फुकुओकालाई थप ब्यबस्थित र सफल बनाउनको लागि संरक्षण समितिका संयोजक धर्मराज अधिकारीको नेतृत्वमा नेपाल फेष्टिबल फुकुओका २०२५ संचालन कार्यबिधि पनि निर्माण गरी छलफल कार्य अघि बढाईएको संरक्षण समितिका सदस्य सचिब सन्तमान शाक्यले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार