प्रचण्ड-माधब समुहको हड्ताल देशभर आंशिक प्रभाब, देशभर उल्लेख्य प्रहरी परिचालन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  541 पटक हेरिएको

काठमाडौं, माघ २२ ।  

नेकपाका प्रचण्ड–माधब समुहले सरकारले गरेको असंबैधानिक नियुक्ति तथा असंबैधानिक कदमको बिरोध गर्दै बिहिबार देशभर बन्द हड्तालको आह्वान गरेको थियो । सरकारले भने यसको खुलेर बिरोध गर्न जनतालाई आह्वान गरेको थियो । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै बन्द गरे शिर्ष नेताहरुलाई पक्राउ गर्ने सम्मको निर्देशन दिएको थियो । प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका शहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ । त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् ।

बिहीबार बिहान १० बजेसम्म उपत्यकासहित ७ प्रदेशमा के–के भए रु प्रदेश र जिल्लास्थित सुरक्षा अधिकारी र संचारकर्मीहरुसँगको कुराकानीबाट तयार पारिएको रिपोर्टः

प्रदेश १.धरानमा झडप

प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन । मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले भने ।

बिहीबार बिहानैदेखि प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेको जनाएका छन । प्रदेश १ मा मोटरसाइकल निर्वादरुपमा चलिरहेका छन् ।

प्रदेश २. १९ जना पक्राउ

प्रदेश नं. २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् । प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् । पूर्वमन्त्री अजयशंकर नायक सिराहामा कार्यकर्ता लिएर सडकमा निस्किएका छन् । चन्द्रनिगाहपुरमा पूर्वसांसद रामकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।

लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न दुई जना तत्काल पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले संचारकर्मीलाई बताए ।

वीरगञ्जमा आमहड्तालमा अवरोध गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रचण्ड–माधव समूहका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।

बागमती:- सिन्धुपाल्चोकमा प्रभाव न्युन

बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर विभिन्न जिल्ला पठाइरहेको छ । प्रदेश प्रहरी कार्यालयकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिरा चौधरीका अनुसार मकवानपुरको ठाडाभन्ज्याङ र चितवनको आँपटारीमा दुई वटा ट्रकमा ढुंगासमेत हानिएको छ । सिन्धुपाल्चोकमा ९० प्रतिशत खुला रहेको प्रहरीले जनाएको छ । अन्य जिल्लामा आंशिक प्रभाव छ । भित्री बाटोमा सवारी सञ्चालनमा कुनै अवरोध छैन ।

उपत्यका भने शिर्ष नेताहरु नै सडकमा निस्किएका छन । उपत्यका बन्दको प्रभाब बढी देखिएका छन नेता तथा कार्यकर्ताहरु सडकमा निस्किएकाले सवारी आवागमनमा प्रत्यक्ष प्रभाब परेको जनाएको छ । उपत्यका स्थित सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताए । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उनले बताएका छन् ।

रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रचण्ड-माधव समूहको संघर्ष समिति संयोजक समेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिएका छन् । अर्का अध्यक्ष माधव नेपाल कोटेश्वरमा निस्किने भनिएको छ । हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले उपत्यकाबाट ७७ जनालाई पक्राउ गरेको छ भने हड्तालको आंशिक प्रभाव देखिएको छ ।

गण्डकी प्रदेश : ठाउँठाउँमा प्रदर्शन

पोखरा प्रचण्ड-माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेको सुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि पक्राउ गरिएको छैन ।

लुम्बिनी: व्यापक प्रहरी परिचालन

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्दले संचारकर्मीलाई बताए । ठाउँठाउँमा प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।

कर्णाली प्रदेश नेकपा दुई पक्ष खोल्ने र बन्द गर्ने प्रतिसर्धा

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु पर्‍यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् ।

सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्त बताउँछन् ।

सुदूरपश्चिम स् डेढ सय गाडी स्कर्टिङ

सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ । भित्री सडकखण्ड र ग्रामिण भेगमा प्रभाव देखिएको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार तराईका जिल्लामा प्रहरी नभएको ठाउँमा टायर बालेको पाइएको छ ।

‘प्रहरीको उपस्थिति भएको ठाउँ शान्त छ, राजमार्ग सबैतिर प्रहरीको उपस्थिति सम्भव हुँदैन’, ‘नाइट बसलाई भने स्कर्टिङ गरेर गन्तब्यमा पठाइरहेको बताईएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार