मकवानपुर, १९ माघ ।
आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो । प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।
वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य छन् । प्रदेश ३ मा नेकपा ओलि समुह अल्पमतमा रहेको छ भने सरकार गठनको लागि दुबैलाई अन्यदलको सहयोगको आबश्यक पर्छ ।