लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने भ्रमणका लागि काठमाडौंमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  817 पटक हेरिएको

काठमाडौं, माघ १५ ।

लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका छन्। बुधबार काठमाडौं आइपुगेका उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। बुधबार लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार