

काठमाडौं, माघ १३ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग भेट गरेकी हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई ज्ञापन गरेकी थिइन् । पछिल्लो समयमा चिनियाँ राजदुतको सक्रियता अन्य देशको राजदुतको भन्दा बढि देख्न सकिन्छ । नेपाललाई निकै चासोका साथ हेरिरहेका राजदुत यान्छीले चिनिया सहयोगमा नेपालमा निमौण भैरहेका बिभिन्न भौतिक संरचनाहरुको अनुगमन पनि तीब्र पारेकी छिन । यस्तै नवनिर्वाचित सभामुख लाई बधाई दिने पनि पहिलो राजदुत भएका छन ।
निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार बिहान पद तथा गोपनियताको सपथ लिएका थिए ।





894 पटक हेरिएको 
















