काठमाण्डौँ, माघ १० ।
नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष एक हप्ता अघि राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्।
उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका हुन । पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउछन्। तलब भने उनीहरुले १५ लाख पाउछन्। कर पनि व्यवस्थापनले तिरिदिएको छ।
तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्। पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्ष सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्टेन श्रवण रिजालले जानकारी दिए।
उनका अनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएको पाईलटहरुको गुनासो रहेको छ।
पाईलटहरुले पेश गरेको राजिनामा पत्र;