नेपालद्वारा अफगानस्तानलाई सहयोग, सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  758 पटक हेरिएको

काठमाडौं, माघ २ ।  

अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।

मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा, भाँडाकुँडा समावेश रहेको बताए । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए ।

नेपालको इतिहासमा पहिलोपटक हवाईजहाजमार्फत मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाउन लागेको जानकारी दिंदै मन्त्री खड्काले भने, ‘हामी ठूला प्राकृतिक तथा दैविक विपदमा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार