सर्वोच्चद्धारा कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  49 पटक हेरिएको

काठमाडौँ, पौष २९ ।  

सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमको बिचाराधिन मुद्दाको फैसला सुनाएको छ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्णय हुनुपर्ने बताउँदै आएका थिए । चालू शैक्षिक सत्रमा कक्षा ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार