बिबेकशिल साझाको प्रदेश ३ को राजधानी धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  912 पटक हेरिएको

हेटौंडा, पुस २७ ।

प्रदेश ३ को स्थायी राजधानी धुलिखेल गर्ने प्रस्ताव बहुमतलेले अस्वीकृत भएको छ । प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । आइतबार प्रदेश ३ को प्रदेशसभा बैठकमा भएको मतदानमा यो प्रस्ताव अस्वीकृत भएको हो ।

प्रदेश ३ प्रदेशसभाका ११० मध्ये उपस्थित भएका १०४ सांसदमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरे । नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा सयुक्त र राप्रपाका सांसद भने धुलिखेल बनाउन नहुने पक्षमा उभिए ।

अहिले राजधानी हेटौंडा कायम गर्नेबारे मतदान प्रक्रिया भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार