इजिप्सियन नागरिकलाई देश निकाला सहित मन्त्रिपरिषद्को १४ महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  706 पटक हेरिएको

काठमाडौं, पुस १७ ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गत सामेबार बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पुनः नियुक्त गरेको छ ।

साथै सरकारले चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार