

काठमाडौं, पुस १७ ।

बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् ।
प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए ।
घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको र निजहरुको उपचार भैरहेको जनाइएको छ । पछिल्लो समय नेपालमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ तर पनि सरकार र सम्बन्धित निकायको ध्यान गएको छैन ।





984 पटक हेरिएको 
















