

तनहुँ, माघ २७ ।

तनहुँको भानु नगरपालिका वडा नं. १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इञ्जिनियर शुकदेव अधिकारी ७५ हजार घुससहित सोमबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएका टोलीले घुससहित नगरपालिकाको कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
भानुकै एक विद्यालयको भवन निर्माण भएपछि भुक्तानी सिफारिस तथा कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको लगायतका बहाना बनाई सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनामाथि अनुसन्धान अघि बढाएको अख्तियार पोखराले जनाएको छ।





1049 पटक हेरिएको 
















