ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  96 पटक हेरिएको

काठमाडौं, फागुन २० ।

भोलि हुन गईरहेको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको र निर्वाचनमा ढुक्क भएर भोट हाल्न आह्वान गरेका छन । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म नभएको र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको बताएका हुन् । आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले अगाडि भनेका छन्, ‘पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर घोषणा भएको यो निर्वाचनमा सुरक्षाको संशय शुरुदेखि नै थियो । सरकार सुरक्षाको सन्दर्भमा बढी संवेदनशील भएर सुरक्षाकर्मी परिचालन भएको होला तर यो नराम्रो लक्षण होइन ।’

निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुनुलाई निर्वाचन आयोगले सकारात्मक र राम्रो लक्षणको रूपमा लिएको पनि उनले बताए । निर्वाचन सुरक्षाको लागि ३ लिअरको सुरक्षा घेरा भित्र सुरक्षा हुने जनाएको छ । हालसम्म सबै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी र आबश्यक निर्वाचन सामान पुगिसकेको र निर्वाचनका लागि मतदान गर्न लागि प्रमुख ६ प्रमाणपत्र साथमा लिएर जान निर्वाचन कार्यालय पनि जनाएको छ । निर्वाचनको लागि निर्वाँचन परिचय पत्र, सो नभएका मतदाताहरुले राष्ट्रिय परिचय पत्र, ड्राईभिङ्ग लाईसेन्स, नागरिकताको परिचयपत्र, पासपोर्ट र पान कार्ड साथमा लिएर जान भनेका हुन ।

यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान प्रतिशत बढ्ने अनुमान पनि उनको छ । नयाँ मतदाता र युवाहरूको प्रवेशले मतदान प्रतिशत बढ्ने र प्रभावकारी निर्वाचन शिक्षाका कारण बदर मतको प्रतिशत उल्लेख्य रूपमा घट्ने विश्वास आयोगले लिएको भण्डारीले बताए ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

ईजरायल, अमेरिका र ईरान बिचको युद्ध भिषण, हालसम्म ६ अमेरिकि सेनाको ज्यान गयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार