टोपबहादुर रायमाझि काठमाण्डौँबाट पक्राउ, ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  187 पटक हेरिएको

काठमाडौं, जेठ १ ।

फ्रहार सुचीमा रहेको नेकपा एमालेका सचिब टोपबहादुर रायमाझी काठमाण्डौँबाट पक्राउ परेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिब रायमाझिलाई आज अदालतमा पेश गरेको थियो । अदालतले नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो । हिजो काठमाण्डौ आएका नेकपा एमालेका नेता रायमाझि साथीको घरमा बसेको भनाईको आधारमा पक्राउ गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार