काठमाडौं, असार २५ ।

आर्थिक संकटले ग्रसित श्रृलंकामा जनता भोकमरिमा परेका छन । नेताहरुले देश टाट पल्टाएको भन्दै जनता सडकमा आन्दोलनरत छन । आन्दोलन उग्र बन्दै गएपछि बर्तमान प्रधानमन्त्रि राजापाक्षेले पदबाट राजिनामा दिएका थिए । तत्पश्चात रनिल विक्रमासिंघे प्रधानमन्त्रि बनेका थिए । निज प्रधानमन्त्रि बनेपछि पनि आन्दोलन नरोकिएपछि निजले पनि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएका छन । केही समय अघिमात्र प्रधानमन्त्रि बनेका रनिल बिक्रमसिंघ प्रधानमन्त्रि बनेपछि श्रीलङ्काका आन्दोलनकारीहरुले आन्दोलन रोक्ने आँकलन गरेका थिए तर झन आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि राष्ट्रपति गोटाबाया राजापक्षेले आफ्नो निवास छाडेर भागेका थिए ।
देशको आन्तरिक मामिला बिग्रेसँगै आर्थिक रुपमा पछि देश टाट पल्टिएको थियो । त्यसलाई मध्यनजर गर्दै प्रधानमन्त्रि बिक्रमसिंघे राजिनामा दिन तयार रहेको बताएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।
श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।
यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।



318 पटक हेरिएको 
















