जापान, असार २४ ।

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका ६७ वर्षीय शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा स्टम्प भाषण गर्ने क्रममा एक बन्दुकधारीको गोली आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ । एलडीपी स्रोतका अनुसार गोली प्रहारपछि नारा मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरि कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा थिए।‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा उपाचारारत रहेका पूर्व प्रधानमन्त्री आबेको केहि समय अघि निधन भएको हो ।
आबे किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै जुलाई १० हुन लागेको उपल्लो सदनको चुनावमा उम्मेदवारको लागि भाषण दिइरहेका बेला उनीमाथि बिहान ११:२५ बजे गोली हानिएको थियो। पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट एक व्यक्तिले गोली हानेर उपचारका लागि उनको हेलिकोप्टरबाट काशिहरा सिटीस्थित मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको थियो ।
विपद् व्यवस्थापन एजेन्सीका अनुसार २०२० सम्म प्रधानमन्त्री रहेका आबेमाथि भएको गोली आक्रमणबाट घाइते भएका उनको घाँटीको दाहिने भागमा रगत बगेको र छातीको देब्रे भागमा आन्तरिक रक्तस्राव भएको पुष्टि भएको थियो। नारा प्रिफेक्चरल प्रहरीले घटनास्थल नजिकै बन्दुक जस्तो देखिने वस्तु बरामद गरी नारा प्रान्तका ४१ वर्षीय तेत्सुया यामागामीलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।
हत्या प्रयासको आशंकामा नारा निवासी यामागामीलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।संदिग्ध व्यक्ति पहिले समुद्री आत्मरक्षा बलको सदस्य रहेको सरकारी स्रोतले जनाएको छ ।



351 पटक हेरिएको 
















