गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु, जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  408 पटक हेरिएको

भैरहवा, जेठ २ । 

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहरासहित स्वागत गरिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । यो विमानले आज राति साढे २ बजे नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार