जापान, बैशाख ६ ।

गैर आवासीय नेपाली संघ जापानले सल्लाहकार र मानार्थ सदस्यसहित विभिन्न विभाग तथा समितिहरु गठन गरेको छ । एनसिसी जापानको हालै बसेको बैठकले सल्लाहकारमा ६५ र मानार्थ सदस्यमा ६३ जनालाई चयन गरेको हो ।
त्यस्तै, विभिन्न १९ समिति र विज्ञ सम्मिलीत ७ वटा बिशेष समिति पनि गठन गरिएको छ । संस्थालाई अझै चलायमान बनाउने उद्देश्यले विभिन्न विभाग तथा समिति गठन गरिएको र रिक्त रहेका पदहरुमा संयोजकलाई पूर्णता दिने जिम्मेवारी समेत प्रदान गरिएको छ ।
संस्थामा विगत र वर्तमान अवस्थामा विभिन्न योगदान पुर्याउने ब्यक्तीहरुलाई समेटेर सल्लाहकार, मानार्थ सदस्य र विज्ञ सम्मिलीत समिति सदस्य चयन गरिएको अध्यक्ष शिब प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै बिशेष समिति अन्तर्गत प्रेस सल्लाहकर समिति पनि गठन गरीएको छ । जापानबाट संचारकर्ममा सक्रिय राजन गौतमको संयोजकत्वमा सबै पत्रकारहरुलाई समावेश गरी प्रेस सल्लाहकर समिति गठन गरीएको हो ।
कसलाई कुन जिम्मेवारी हेर्न यहाँ क्लिक गर्नुहोस ।



454 पटक हेरिएको 
















